समाजवादी मोर्चाको पहिलो बैठक शनिबार

नेपालभ्युज

समाजवादी मोर्चाको पहिलो बैठक शनिबार

काठमाडौँ । समाजवादी मोर्चा, नेपालको पहिलो बैठक शनिबार बस्ने भएको छ ।

चार दल सम्मिलित मोर्चाको बैठक शनिबार ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा बस्न लागेको हो ।

बैठकमा  मोर्चाको आगामी साझा कार्यक्रमका विषयमा छलफल हुने समाजवादीका एक नेताले जानकारी दिए ।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्थाका बारेमा पनि छलफल हुनेछ ।

समाजवादी  मोर्चामा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, जसपा र नेकपा गरी ४ दल आबद्ध छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved