प्रहरीका हाकिमलाई फेसबुकमा बधाई दिइरहने युवा साइबर क्राइम मुद्दामा पक्राउ

नेपालभ्युज

प्रहरीका हाकिमलाई फेसबुकमा बधाई दिइरहने युवा साइबर क्राइम मुद्दामा पक्राउ

काठमाडौं। प्रहरीका केही अधिकारीहरूमाझ परिचित नाम हो २८ वर्षीय दीपकराज जोशी।
प्रहरीका हाकिमहरूलाई फेसबुकमा रिक्वेट पठाउने, साथी बन्ने र उनीहरूको सरुवा बढुवा हुँदा फेसबुकमा फोटो राखेर बधाई दिँदै आएका थिए।

प्रहरी गतिविधिका सूचना तथा समाचार फेसबुकमा सेयर गरेर प्रहरीसँग नजिक देखाउँदै आएका थिए। प्रहरी अधिकारीलाई खुसी पार्न फेसबुकमा फोटोसहित अनेक विशेषण लेखेर बधाई दिँदै आएका उनको फेसबुकबाटै देखिन्छ।

तीनै दीपक पछिल्लो समय प्रहरी हिरासतमा छन्, साइबर अपराध मुद्दामा। दीपक जोशी पक्राउ परेका प्रहरीको प्रशंसा गरेको फोटो पोस्ट गरेको मुद्दामा भने होइनन्।

प्रहरीलाई नचाहिँदो आरोप लगाएर चरित्र हत्या गरेको आरोपमा उनले साइबर क्राइमको मुद्दा खेपिरहेका हुन्।

जोशीले प्रहरीले मादक पदार्थ सेवन गरेको भन्दै लेखेका थिए। आईजीपी वसन्त कुँवरलाई ट्याग गरेका थिए। उनले फेसबुकमा लेखेका थिए ‘‘कलंकी मालपोत पारी–कीर्तिपुर मित्रनगर‘ यस एरियामा भर्खरै गस्तीमा आएका २ जना प्रहरीहरू—फुल मापसे गरेर हिँडेको देखियो। यसको निगरानी कसले गर्छ ?’’

सामाजिक सञ्जालमा धेरै प्रहरी अधिकारीसँग साथि बनेको उनको स्ट्याटसबारे प्रहरीले तत्कालै थाहा नपाउने कुरै भएन। प्रहरीले तत्कालै ड्युटीमा खटिएका प्रहरीको मापसे चेक गर्‍यो। तर, त्यस्तो भेटिएन।

उनीहरूले राती पसलहरू बन्द गराउँदै जाने क्रममा दीपक जोशीको आफन्तको पसलमा पुगेका रहेछन्।

त्यहाँ दीपक जोशीसँग विवाद भएपछि उनले अनावश्यक आरोप लगाउँदै लेखेको थाहा हुन आयो।

उनीहरूले मापसे गरेको नभेटिएपछि प्रहरीले जोशीलाई नियन्त्रणमा लिएर साइबर अपराधमा अनुसन्धान अगाडि बढाएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved