गुडिरहेको बसमा करेन्ट लाग्दा ज्यान गुमाउनेको संख्या तीन पुग्यो, गाडीधनीको पनि मृत्यु

नेपालभ्युज

गुडिरहेको बसमा करेन्ट लाग्दा ज्यान गुमाउनेको संख्या तीन पुग्यो, गाडीधनीको पनि मृत्यु

दाङ । सल्यानमा गुडिरहेको यात्रुवाहक बसमा करेन्ट लाग्दा गम्भीर घाइते भएका अर्का एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।

गाडीधनी महेन्द्र वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो। यसअघि दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो । यो घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।

दाङबाट रोल्पा जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा आज विहान सवा १० बजेतिर करेन्ट लाग्दा गाडीधनी सल्यान छत्रेश्वरी गाउँपालिका– ६ राणागाउँका महेन्द्र  वली गम्भीर घाइते भएका थिए ।

रोल्पाको गंगादेव गाउँपालिका– ४ का ७० वर्षका बालाराम डाँगी र उनका छोरा ४५ वर्षीय टोपलाल डाँगीको घटनास्थलमै मृत्यु भएको थियो। सडकमा लत्रिएको ११ हजार भोल्टेजको विद्युतको तारले गाडीको पछाडिको भागमा छुँदा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved