आयरल्याण्डसँग नेपालको संघर्षपूर्ण हार

नेपालभ्युज

आयरल्याण्डसँग नेपालको संघर्षपूर्ण हार

काठमाडौं । आईसीसी विश्वकप छनोटको प्लेअफ फाइनलमा नेपालले आयरल्याण्डसँग संघर्षपूर्ण हार व्यहोरेको छ । मंगलबार भएको खेलमा टेस्ट टोली आयरल्याण्डसँग नेपाल २ विकेटले पराजित भएको हो ।

यो पराजयसँगै नेपालले आठौं स्थानमा चित्त बुझाउँदै विश्वकप छनोट यात्रा समाप्त गरेको छ ।

२६९ रनको लक्ष्य आयरल्यान्डले ४ बल बाँकी रहँदै ८ विकेट गुमाएर भेट्टायो । अन्तिम ६ बलमा ५ रन चाहिएकोमा पहिलो बलमा ग्यारेथी डेलानीले एक रन लिए । ब्यारी म्याकार्थीले दोस्रो बलमा चौका हान्दै खेल सकाए ।

यसअघि नेपालले पूरै ओभर खेलेर ८ विकेट गुमाउँदै २६८ रन बनाएको थियो । १६९ रनमा ७ विकेट गुमाएको नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले ८० रनको साझेदारी गर्दै सम्मानजनक अवस्थामा पुर्‍याएका थिए ।

गुल्सनले ४२ बलमा अविजित ५७ रन बनाए । सन्दीप ३० बलमा ३२ रन बनाएर आउट भए । त्यसवाहेक अर्जुन साउदले ४८, कुशल मल्लले ४४, रोहित पौडेलले २९ र भीम सार्कीले २० रनको योगदान गरे ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved