सभामुखसँग शीर्ष नेताको छलफल सकियो, छिट्टै संसदीय समितिका सभापति चयन गरिने

भामुखको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा छिटोभन्दा छिटो संसदीय समितिका सभापति चयन गर्ने सहमति भएको छ ।

नेपालभ्युज

सभामुखसँग शीर्ष नेताको छलफल सकियो, छिट्टै संसदीय समितिका सभापति चयन गरिने

काठमाडौं । सभामुख देवराज घिमिरे र तीन ठूला दलका शीर्षस्थ नेताबीचको छलफल सकिएको छ ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा छिटोभन्दा छिटो संसदीय समितिका सभापति चयन गर्ने सहमति भएको छ ।

छलफलमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए ।

वैशाख १५ गते नै प्रतिनिधिसभाका १० वटा विषयगत समिति गठन भए पनि दलहरुबीच भागबण्डा नमिल्दा समिति सभापति चयन हुन सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved