पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपालभ्युज

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेसन लिमिटेडबाट  असार १६ गते  प्राप्त भएको नयाँ खरिद मूल्यसूचीका आधारमा  निगमले यस्तो निर्णय गरेको जनाएको छ ।

निगमले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै आज राति १२ बजेदेखि लागु हुने गरी मूल्य घटाएको जनाएको छ । निगमका अनुसार पेट्रोल तथा डिजेल/मट्टितेलमा प्रतिलिटर पहिलो वर्गका लागि ७.५० रुपैयाँ, दोस्रोका लागि ६ रुपैयाँ तथा तेस्रोका लागि ५ रुपैयाँले मूल्य  घटाइएको छ ।

यस्तै पेट्रोलको मूल्य भारतसँगको सीमावर्ती क्षेत्रमा प्रतिलिटर १६७ रुपैयाँ ५० पैसादेखि काठमाडौं पोखरा र दिपायल क्षेत्रमा १७० रुपैयाँसम्म र डिजेल, मट्टितेलमा १४७ रुपैयाँ ५० पैसादेखि १५० रुपैयाँसम्म मूल्य कायम गरिएको निगमले जनाएको छ ।

यस्तो मूल्य निगमको डिपोबाट १५ किलोटरसम्मको क्षेत्रमा लागु हुने निगमले बताएको छ ।

यसैगरी आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलोलिटर अमेरिकी डलर ११५ ले कम गरिएको पनि निगमले विज्ञप्तिमा जनाएको छ ।  खाना पकाउने एलपी  ग्यासको मूल्य भने स्थिर राखिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved