साफ च्याम्पियनसिप : बंगलादेशलाई पराजित गर्दै कुवेत फाइनलमा

नेपालभ्युज

साफ च्याम्पियनसिप : बंगलादेशलाई पराजित गर्दै कुवेत फाइनलमा

काठमाडौं । भारतमा जारी साफ च्याम्पियनसिप फुटबलमा कुवेत फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल खेलमा बंगलादेशलाई १–० गोलअन्तरले पराजित गर्दै कुवेत फाइनलमा प्रवेश गरेको हो ।

आमन्त्रित टोलीका रुपमा सहभागिता जनाएको कुवेतले पहिलो पटकमै फाइनलको यात्रा तय गरेको हो । अब्दुल्लाह अल बालुशीले गरेको गोल नै खेलको निर्णायक बनेपछि कुवेत उपाधि नजिक पुगेको हो ।

कुवेतले अब फाइनलमा भारत र लेवनानमध्ये एकको सामना गर्नेछ । नियमित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल थप समयमा गएको थियो ।

समूह एबाट कुवेत समूह विजेता र भारत उपविजेताका रुपमा अन्तिम चारमा पुगेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved