कोशी प्रदेश सभाको बैठक फेरि सर्‍यो

नेपालभ्युज

कोशी प्रदेश सभाको बैठक फेरि सर्‍यो

काठमाडौं । आधा घण्टाको लागि स्थगित भएको कोशी प्रदेश सभाको बैठक  बिहिबार साँझ आठ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयले केहीबेर अघि सूचना टाँस गरेर प्रदेश सभा बैठक आठ बजे बस्ने जनाएको छ ।

सूचनामा भनिएको छ, ‘कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको आज बसेको प्रथम बैठक ३० मिनेट सम्मको लागि स्थगन भएकोमा विशेष कारणबस स्थगन पछिको आजको बैठकको कारबाहीका लागि मिति २०८०१३/१४ गते साँझ ८:०० बजे बैठक बस्ने व्यहोरा कोशी प्रदेशको प्रदेशसभा नियमावली, २०७४(पहिलो संशोधन समेत) को नियम ६ को उपनियम (२) बमोजिम माननीय सदस्यज्यूहरूलाई जानकारीका लागि माननीय सभामुखज्यूको आदेशानुसार यो सूचना प्रकाशित गरिएको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved