बजेटबारे धारणा बनाउन जसपा र एकीकृत समाजवादीको बैठक

नेपालभ्युज

बजेटबारे धारणा बनाउन जसपा र एकीकृत समाजवादीको बैठक

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटबारे धारणा बनाउन जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दैछ ।

संसद बैठक बस्नुभन्दा अघि नै बजेटबारे ठोस धारणा बनाउन जसपा र नेकपा एसको संसदीय दलको बैठक बस्न लागेको हो ।

जसपाले बजेट समावेशी नभएको भन्दै बिनासंशोधन पास गर्न नदिने बताउँदै आएको छ । नेकपा एसले पनि बजेटबारे असहमति राख्दै आइरहेको छ ।

यसरी सत्ताघटक दलले नै फरक मत राखेपछि आजको संसदबाट बजेट पारित हुने कुरामा अन्योल छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved