यी हुन् मन्त्रीपरिषद् बैठकका निर्णयहरु

नेपालभ्युज

यी हुन् मन्त्रीपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले देशका विभिन्न सात क्षेत्रमा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले देशका कालिकोटका केही नगरपालिका र गाउँपालिका गरी सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको हो ।

मंगलवार मन्त्रीपरिषद् बैठकपछि सञ्चारकर्मीहरुसँग मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका विभिन्न सात ठाउँमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको बताईन् ।

उनले सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यको रुपमा नबराज अधिकारीलाई नियुक्त गरेको पनि बताईन् । ‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा देशका विभिन्न ठाउँका सात वटा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय भएको छ ‘ उनले भनिन, प्रस्तावहरु आएका क्षेत्रहरु कालिकोटका केही नगरपालिका र गाउँपालिकाहरु छन् । नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यको रुपमा नवराज अधिकारी नियुक्त हुनुभएको छ ।’

उनले देशका विभिन्न ठाउँबाट औधोगिक ग्राम स्थापनाको लागि प्रस्ताव आएकाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको बताईन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved