बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपालभ्युज

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सनुको मूल्य आज २ सय रुपैयाँले बढ्दै १ लाख १० हजार ४ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै बढ्दै १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने  १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved