सन्तोष परियारको चेतावनी- हाम्रो मुद्दा सम्बोधन नभए टुलुटुलु हेरेर बस्दैनौँ

नेपालभ्युज

सन्तोष परियारको चेतावनी- हाम्रो मुद्दा सम्बोधन नभए टुलुटुलु हेरेर बस्दैनौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले संसदमा आफ्नो पार्टीले उठाएका मुद्दाको सम्बोधन नभए टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् । आईतवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक समेत रहेका परियारले यस्तो चेतावनी दिएका हुन् ।

उनले बजेट कर्मकाण्डी आएको बताए। उनले बजेटका सैद्धान्तिक छलफलदेखि नीति तथा कार्यक्रम र बजेटनै नयाँ निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए । उनले बजेटकै कारण अहिलेको सरकार ढल्छ भन्न नसकिने बताए ।

उनले संसदमा पहिलो र दोस्रो ठूलो दल काँग्रेस र एमाले मिलेर सरकार बनाउने कुरामा आफूलाई विश्वास नलागेको बताए । उनले भने, ‘बजेट कर्मकाण्डी आएको छ । अर्को पटक यस्तो आउने छैन । हामीले त्यसको तयारी गरिरहेका छौँ । यसका सैद्धान्तिक छलफलदेखि यसका नीति तथा कार्यक्रमदेखि लिएर सारा कुरालाई रि फ्रेम गर्नुपर्छ त्यो गर्न राष्ट्रिय स्वतन्त्र पार्टी तयार छ ।’

‘हामी जुन लोकतान्त्रिक व्यवस्थामा छौँ, त्यो व्यवस्थामा सरकार कुनैपनि बेला परिवर्तन हुनसक्छ । बजेटकै कारण अहिलेको सरकार यताउति हुनेकुरा हामीलाई थाहा छैन । रास्वपा स्थायी सरकारको पक्षमा छ’, उनले अगाडी भने, ‘हामी देश र जनताको मुद्दा उठाइरहने तर सरकारले वास्ता नगर्ने हो भने हामी टुलुटुलु हेरेर बस्दैनौँ । काँग्रेस र एमाले संसदको पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउँछन् भन्ने लाग्दैन ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved