कांग्रेस छियाछिया भएकोप्रति शशांक कोइरालाको चिन्ता

नेपालभ्युज

कांग्रेस छियाछिया भएकोप्रति शशांक कोइरालाको चिन्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी छियाछिया भएकाले पुनजीर्वन दिनुपर्ने बताएका छन् ।

आइतबार पार्टीनिकट नेपाल प्रेस युनियन, काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘नेपाली कांग्रेस छियाछिया हुन थालेको छ । अब यसलाई कसरी हामीले पुनः जीवन दिने हो ?’

नेता कोइरालाले कांग्रेसलाई बचाउनका लागि सुभेच्छुक संस्थाहरुले खबरदारी गर्नुपर्ने पनि बताए ।

उनले सबैले आफ्नो दायित्व स्पष्ट गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । सबैलाई जिम्मेवाद बनाउन प्रेस जगतको महत्वपूर्ण भूमिका हुने उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved