देशको हितलाई हेरेर करको दर हेरफेर गरेंः अर्थमन्त्री महत

नेपालभ्युज

देशको हितलाई हेरेर करको दर हेरफेर गरेंः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले करको विषयमा कसैको मुख नहेरेको दाबी गरेका छन् । शुक्रबार नेपाल उद्योग परिसंघको २०औँ साधारण सभामा बाल्दै मन्त्री महतले बैंकको एफपीओ, मर्जर एक्विजेसनमा कुनै नयाँ प्रावधान नगरेको बताए ।

उनले विगतमा जे व्यवस्था थियो त्यसमा केही परिवर्तन नगरिएको पनि स्पष्ट पारे । उनले करको विषयमा देशको हीतलाई हेरेर दर हेरफेर गरिएको बताए । ‘‘करको दर हेरफेर गर्दा मैले कसैको मुख हेरेको छैन । व्यवसायी सबैलाई थाहा छ,’ उनले भने, ‘करका दर हेरफेरमा जसले मुख हेरियोस् भन्ने थियो । उहाँहरु रिसाउनुभएको होला तर समग्र उद्योग र अर्थतन्त्रको हीतमा केन्द्रित भएर कर प्रस्ताव गरेका छौं ।’

उनले बैंकको एफपीओ, मर्जर एक्विजेसनमा कर लगाउने विषयमा महालेखा परीक्षकको सुझाव अनुसार सरकारले करमा ऐन तथा नियम अनुसार सहजीकरण गरिएको उल्लेख गरे ।

उनले बैंकको एफपीओ, मर्जर एक्विजेसनमा कर लगाउनुपर्ने विषयको निराकरण आफूले नभएर अदालतले मात्रै टुंगो लगाउन सक्ने बताए।

मन्त्री महतले यसबारे व्याख्या गर्ने अधिकार आफूलाई नभएकोले यसको व्याख्या अदालतले मात्र गर्नसक्ने बताए । उनले महालेखाले भनेको विषय मन्त्रीले काट्नसक्ने अवस्था नभएकाले लागू गरेको दाबी गरे।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved