गोरखामा विहेको टिकोटालो गरेर फर्किँदै गरेको जिप दुर्घटना, ५ जनाको ज्यान गयो

नेपालभ्युज

गोरखामा विहेको टिकोटालो गरेर फर्किँदै गरेको जिप दुर्घटना, ५ जनाको ज्यान गयो

गोरखा।  गोरखामा दुलहीसँग टिकोटालो गरेर फर्कँदै गरेको जिप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ ।

चिलिङकोटबाट मनकामनातर्फ आउँदै गरेको जीप शुक्रबार बिहान करिब ३ बजे शहीद लखन–३ पात्लेखोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा ४ जना पुरुष र एक जना महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।

सो जिप सडकबाट करिब २०० मिटर तल खसेको छ । कच्ची बाटो, भिरालो स्थान र रातभर पानी परेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved