माओवादीको केन्द्रीय समिति बैठक असार २३ देखि, समसामयिक विषयमा छलफल हुने

नेपालभ्युज

माओवादीको केन्द्रीय समिति बैठक असार २३ देखि, समसामयिक विषयमा छलफल हुने

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति असार २३ गतेदेखि बस्ने भएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बस्नेगरी बैठक बोलाइएको माओवादीले जनाएको छ

बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, आयोगका सदस्य र प्रदेशका पदाधिकारी गरी करिब सात सय सहभागी हुनेछन् । समसामयिक विषयमा छलफल गर्नका लागि बैठक आह्वान गरिएको बताइएको छ । बैठकमा विचार मिल्नेसँग पार्टी एकता गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

माओवादीमा तीन सय ८६ केन्द्रीय सदस्य र दुई सय दुई वैकल्पिक केन्द्रीय सदस्य छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved