प्रचण्डलाई बाबुरामको प्रश्नः विचार मार्न खोज्दैमा मर्छ र ?

नेपालभ्युज

प्रचण्डलाई बाबुरामको प्रश्नः विचार मार्न खोज्दैमा मर्छ र ?

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रचण्डले आफ्नो विचारलाई मार्न खोजेको संकेत गरेका छन् । पूर्वसहकर्मी प्रचण्डको नाम उल्लेख नगरीकन उनले समाजवादी मोर्चा बनाउने घटनासम्म आउँदा पटकपटक षड्यन्त्र हुनु संयोग मात्र नभएको बताएका छन् ।

‘पहिलो, नयाॅ शक्ति स्थापना हुँदा निर्वाचन चिन्ह नै नदिनु, दोस्रो, अरूलाई २० प्रतिशत मात्र केन्द्रीय सदस्य र सांसद भए पनि पार्टीको मान्यता दिलाउनु तर हामीसँग ४० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य र सांसद हुँदा ऐन नै मुर्छा पारेर पार्टीको मान्यता नदिनु,’ उनले मंगलबार एक ट्वीट सन्देशमा लेखेका छन्, ‘तेस्रो, दुई वर्ष अघिदेखि समाजवादी केन्द्र/मोर्चाको अवधारणा ल्याउने हामीलाई जानकारीसम्म नदिई मोर्चा घोषणा गर्नु, के यो सबै आकस्मिकता हो ?’

चुनाव चिन्ह नदिने र जनता समाजवादी पार्टी विभाजनको बेला प्रचण्ड सरकार थियो । संयोगले समाजवादी मोर्चा बनाउने बेला पनि प्रचण्ड प्रधानमन्त्री छन् र यसको नेतृत्व उनी स्वयंले गरेका छन् ।

‘कृष्णलाई देवकीकै गर्भमा हुॅदादेखि सिध्याउन खोज्दा कृष्ण सिद्धिए ? विचार कसैले मार्न खोज्दैमा मर्छ र?,’ उनले प्रश्न गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved