बाढीपहिरो पीडितको उद्धार, उपचार र राहतको व्यवस्था गर्न सांसदको माग

नेपालभ्युज

बाढीपहिरो पीडितको उद्धार, उपचार र राहतको व्यवस्था गर्न सांसदको माग

काठमाडौं। सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पूर्वी पहाडी जिल्लामा वर्षापछि आएको बाढीपहिरोका पीडितको उद्धार, उपचार र उचित राहतको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले तीनवटै तहका सरकारले बाढीपहिरो पीडितलाई राहत, उद्धार र उचित क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रमुख सचेतक पाण्डेले भने, ‘सम्पूर्ण प्रभावित परिवारप्रति सहानुभूतिका साथ तीनवटै तहका सरकारलाई तत्कालै उद्धार, उपचार, राहत र पुनर्निर्माणको लागि ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रमुख सचेतक पाण्डेले पीडितलाई पुनर्वासको व्यवस्थामा ढिलाइ नगर्न समेत सचेत गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved