हरेक रात रक्सी पिउनु गलत हो ? जानौं

नेपालभ्युज

हरेक रात रक्सी पिउनु गलत हो ? जानौं

एजेन्सी । केही मानिस रक्सी सेवन गर्न एकदमै मन पराउँछन् । कोही मनोरञ्जनका लागि त कसैले दुःख पिडा बिर्सन रक्सी पिउँछन् । त्यसैले यस खबरमा हामीले जान्नेछौं हरेक रात रक्सी पिउनु हुन्छ कि हुँदैन भनेर ।

  •  यदी तपाईंलाई हरेक रात रक्सी पिउने बानी छ भने यसले स्वास्थ्यमा नराम्रो असर पुर्‍याउन सक्छ । दैनिक रक्सी पिउँदा कलेजोसँग जोडिएका समस्याहरु हुन सक्छन् ।
  •  यदी आफ्नो मुटुलाई स्वस्थ राख्न चाहनुहुन्छ भने धेरै मात्रामा रक्सीको सेवन नगर्नुहोस् । दैनिक अल्कोहलको सेवन गर्नाले हृदयसँग जोडिएका विमारीहरु हुने सम्भावना बढ्छ ।
  •  यदी तपाईंले दैनिक रातमा अल्कोहल सेवन गर्नुहुन्छ भने तपाईंको शरीर डिहाइड्रेट हुन सक्छ । त्यसैले आफूलाई स्वस्थ राख्न छ भने रक्सीको सेवन गर्नबाट बच्नुहोस् ।
  •  दैनिक अल्कोहल पिउनाले तपाईंको किड्नीमा धेरै नराम्रो प्रभाव पर्न सक्छ । त्यसैले किड्नीसँग जोडिएका विमारीहरुबाट बच्नका लागि रक्सी नपिउनु राम्रो हुन्छ ।
  •  हरेक रात रक्सीको सेवन गर्नाले तपाईंको मानसिक स्वास्थ्यमा पनि प्रभाव पर्दछ । साथै दैनिक रक्सी सेवनले अनिद्राको समस्या हुन सक्छ ।
  • हरेक रात अल्कोहलको सेवन गरेमा महिला तथा पुरुषहरुको प्रजनन क्षमतामा पनि नराम्रो असर पर्न सक्छ । त्यस्तै गर्भावस्थामा त भुलेर पनि रक्सीको सेवन गर्नु हुँदैन ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved