अहिले केही ठाउँमा हल्का वर्षा,  राती कोशी र गण्डकीमा ठूलो पानी पर्ने सम्भावना

नेपालभ्युज

अहिले केही ठाउँमा हल्का वर्षा,  राती कोशी र गण्डकीमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं । अहिले गण्डकी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखका मौमसविद् रोजल लामिछानेका अनुसार पछिल्लो तीन घन्टामा गण्डकी प्रदेशका थोरै स्थान, बागमती प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

यस्तै, कोशी र गण्डकी प्रदेशका केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

गएराति पनि यी दुई प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसमविद् रोजन लामिछानेले बताए । मनसुन भित्रिएपछि गएको ३१ गतेदेखि गण्डकी र कोशीका पहाडी क्षेत्रमा लगातारजसो पानी परिरहेको मौसमविद् लामिछानेले बताए । यसले गर्दा पूर्वी पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved