पौडी खेल्ने क्रममा तिनाउ खोलामा डुबेर किशोरको मृत्यु

नेपालभ्युज

पौडी खेल्ने क्रममा तिनाउ खोलामा डुबेर किशोरको मृत्यु

बुटवल। पाल्पाको तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ ।

गुल्मीको सत्यवती गाउँपालिका–७ घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ ड्राइभरटोल बस्ने १८ वर्षीय अभिषेक परियारको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाकाका अनुसार शनिबार दिउँसो पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित ड्याम क्षेत्रमा साथीहरूसँग पौडी खेल्ने क्रममा ती किशोर डुबेका थिए ।

प्रहरी चौकी दोभानले अचेत अवस्थामा उद्धार गरी उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved