कर्णालीको बजेट : कैदीबन्दीहरूलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइने (पूर्णपाठ)

नेपालभ्युज

कर्णालीको बजेट : कैदीबन्दीहरूलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइने (पूर्णपाठ)

काठमाडौं । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ । ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट शुक्रबार आन्तरिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले सदनमा प्रस्तुत गरेका हुन् ।

बजेटको १८६ नं. बुँदामा भनिएको छ, ” कारागारमा रहेका कैदीबन्दीहरूलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ । खुला कारागार अवधारणालाई अगाडि बढाइनेछ ।”

बजेटमा चालू खर्चमा ९ अर्ब २० लाख (२६.९७ प्रतिशत), पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार (५८.६५ प्रतिशत) र स्थानीय तहमा वित्तीय हस्तान्तरणमा ४ अर्ब ८० करोड विनियोजन गरिएको छ । बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ८३ करोड ६२ लाख १२ हजार र संघीय सरकारको राजस्व बाँडफाँडबाट ८ अर्ब ८३ करोड र संघीय अनुदानबाट ७६ करोड १६ लाख आयको अनुमान उनले प्रस्तुत गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved