आइएमई पेको मोबाइल रिचार्जमा पाँच प्रतिशतसम्म क्यासब्याकको निरन्तरता

नेपालभ्युज

आइएमई पेको मोबाइल रिचार्जमा पाँच प्रतिशतसम्म क्यासब्याकको निरन्तरता

काठमाडौं। आइएमई पे’ ले मोबाइल रिचार्जमा दिईरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ। आइएमईको २३ औँ वार्षिक उत्सवको अवसरमा आइएमई पे मार्फत मोबाइल रिचार्ज गर्दा पाइने क्यासब्याक निरन्तरता दिने निर्णय गरेको हो।

केही समय यता सुरु गरिएको टपअप क्यासब्याक अन्तर्गत, रजिस्टर नम्बरमा रिचार्ज गर्दा ग्राहकले ५% क्यासब्याक पाउने छन् भने अन्य नम्बरमा रिचार्ज गर्दा २% क्यासब्याक पाउने छन् ।

आइएमई पेको बारेमा

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। “आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरूकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन। यसले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा QR स्कान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुबिधा उपलब्ध छ।

आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved