फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

नेपालभ्युज

फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

काठमाडौं। नेपाल फिलिपिन्सविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ।

फिलिपिन्सको रिजल मेमोरियल स्टेडियममा बिहीबार भएको खेलमा नेपाल फिलिपिन्ससँग १–० गोल अन्तरले पराजित भएको हो।

फिलिपिन्सको लागि जाभियर गायोसोले गोल गरे । खेलको ४९ औँ मिनेटमा गायोसोले फिलिपिन्सको लागि गोल गरे।

नेपाल शुक्रबार भारत जाने छ। भारतमा असार ६ देखि १९ गतेसम्म आयोजना हुने साफ च्याम्यिनसिप अगाडि नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलेको हो।

साफ च्याम्पियनसिपमा नेपाल, कुवेत, भारत र पाकिस्तानसँगै समूह ‘ए’ मा रहेको छ भने समूह ‘बी’मा भने भुटान, बङ्गलादेश, लेबनान र माल्दिभ्स रहेका छन्।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल कुवेतसँग असार ६ गते खेल्नेछ। दोस्रो खेलमा भने नेपाल र भारत असार ९ गते आमनेसामने हुनेछन्।

असार १२ गते हुने खेलमा नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved