विहारको एक आवासीय भवनमा आगलागी हुँदा पाँच बालबालिकासहित ६ जनाको मृत्यु

नेपालभ्युज

विहारको एक आवासीय भवनमा आगलागी हुँदा पाँच बालबालिकासहित ६ जनाको मृत्यु
सांकेतिक तस्वीर

एजेन्सी। भारतको विहार राज्यस्थित कुशीनगरको एक आवासीय भवनमा आगलागी हुँदा पाँच जना बालबालिकासहित ६ जनाको मृत्यु भएको छ ।  कुशीनगरको रामकोली थाना क्षेत्रको उर्धा गाउँको एक आवासीय भवनमा बुधबार राति भीषण आगलागी हुँदा एक जना महिला र पाँच बालबालिका सहित छ जनाको मृत्यु भएको जिल्लाका मजिस्ट्रेट रमेश रञ्जनले जनाएका छन् ।

आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन । सुतिरहेको अवस्थामा महिला र बालबालिकाको मृत्यु भएको हो ।

आगालागीको खबर प्राप्त हुनासाथ दमकलले घटनास्थलमा पुगेर आगो निभाएको थियो। जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले पनि घटनास्थल पुगेर अग्निसमनमा समन्वय गरेका थिए । उनीहरूले शवलाई पोस्टमार्टमका लागि स्थानीय अस्पताल पठाएर घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved