विद्यार्थी लोभ्याएको भन्दै महानगरले बन्द गर्‍यो ‘हिसान’ शैक्षिक मेला

नेपालभ्युज

विद्यार्थी लोभ्याएको भन्दै महानगरले बन्द गर्‍यो ‘हिसान’ शैक्षिक मेला

काठमाडौं। काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा आजदेखि सुरु भएको शैक्षिक मेलामाथि हस्तक्षेप गर्दै त्यहाँका स्टल हटाइदिएको छ ।

प्रक्रिया पूरा नगरी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले मेला सञ्चालन गरेको भन्दै महानगरका प्रहरीले त्यहाँ राखिएका स्टल हटाएको हो।

एसईई तथा प्लस टु का  नतिजा नै नआउँदै स्टल थापेर विद्यार्थी र अभिभावकलाई भर्नाका लागि लोभ्याउने काम गरेकोले बन्द गराएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए।

एसईई र कक्षा १२ को नतिजा कुरेर बसेका विद्यार्थी अभिभावकलाई लक्षित गरेर राखिएको मेला अनधिकृत रूपमा सञ्चालन भएको महानगरको दाबी छ।

३ असारसम्म सञ्चालन हुने भनिएको मेलामा ७५ भन्दा बढी शैक्षिक संस्थाका स्टल छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved