संसद् भवन अगाडिबाट मानवअधिकारकर्मी पक्राउ (तस्वीरहरू)

संसद् भवन अगाडिबाट मानवअधिकारकर्मी पक्राउ (तस्वीरहरू)

काठमाडौं । सङ्घीय संसद् भवन नयाँबानेश्वरबाट मानवअधिकारकर्मी तथा शान्ति समाजका पदाधिकारीहरू पक्राउ परेका छन् । बिहीबार दिउँसो प्रदर्शनमा उत्रिएका उनीहरूलाई प्रहरीले गरिफ्तार गरेको हो ।

भवनको पश्चिम ढोका (गेट नं. ३) अघि प्रदर्शनमा उत्रिएका उनीहरूलाई निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै गिरफ्तार गरिएको हो । उनीहरूले नक्कली भुटानी शरणार्थीलगायत भ्रष्टाचारमा मुछिएका सबैलाई कारबाहीको माग गरेका छन् ।

“नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी जोसुकै भएता पनि कारबाही गरिनुपर्छ । पार्टीका शीर्ष नेता नै भएता पनि सांसदहरू र संसद् अडिग होस्, विगतको राष्ट्रिय पञ्चायतजस्तो निर्देशनमा चल्ने नहोस्,” शान्ति समाजका पूर्वअध्यक्ष उत्तम पुडासैनीले नेपालभ्यूजसँग भने ।

पक्राउ परेका समाजका संरक्षक कृष्ण पहाडी, पूर्वअध्यक्ष पुडासैनीलगायत १६ जनालाई नेपाल पुलिस क्लबमा राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved