सङ्घीय शिक्षा ऐन संसद् लान माग गर्दै प्रदर्शन, १२ जनाभन्दा बढी पक्राउ (तस्वीरहरू)

सङ्घीय शिक्षा ऐन संसद् लान माग गर्दै प्रदर्शन, १२ जनाभन्दा बढी पक्राउ (तस्वीरहरू)

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संस्थापनइतर पक्षीय नेविसंघले सङ्घीय शिक्षा ऐनलगायतका शिक्षासम्बन्धी ऐनहरू संसद्‌ लानुपर्ने माग गर्दै प्रदर्शन गरेको छ । विद्यार्थी नेताहरूले नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनअगाडि प्रदर्शन गरेका हुन् ।

नाराबाजीसहित प्रदर्शनमा उत्रिएका विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोविन्द कोइराला, सुजन तामाङ, जेनिश काफ्ले, राजन रोकाया, गगनराज गजुरेल, सुदीप शाह, मन्दीप शाह, उत्सव सुवेदी, मौसम न्यौपाने, रविन तिवारी, गणेश सार्की, रविनकार्कीलगायत छन् ।

उच्च शिक्षा ऐन २०७६, संघीय शिक्षा ऐनलगायतका विभिन्न शिक्षासम्बन्धी ऐनहरू संसद् नलगिँदा विश्वविद्यालय, क्याम्पस तथा विद्यलयहरूमा शिक्षाको लागि आवश्यक नीतिगत निर्णय नभएर शिक्षा क्षेत्र पछाडि परेकोको जिकिर उनीहरूको छ ।

शिक्षाजस्तो संवेदनशील र अतिआवश्यक विषयमा नीति बनाउने ठाउँमा बसेर मस्यौदासमेत संसद्‌मा प्रस्तुत नगर्नु गैरजिम्मेवारपूर्ण र सम्पूर्ण विद्यार्थीको अहित भएको उनीहरूको आरोप छ । आफूहरूको मागलाई सरकारले गम्भीररूपमा लिनुपर्ने उनीहरूको माग छ । माग सम्बोधन नभए आन्दोलन नरोक्ने उनीहरूको चेतावनी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved