सन्दीप र दीपेन्द्रले ग्लोबल टी–२० खेल्ने

नेपालभ्युज

सन्दीप र दीपेन्द्रले ग्लोबल टी–२० खेल्ने

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरीले ग्लोबल टी–२० खेल्ने भएका छन्।

क्यानाडामा आयोजना हुने प्रतियोगितामा सहभागी टोलीले सन्दीप र दीपेन्द्रलाई आफ्नो टोलीमा समावेश गरेको घोषणा गरेका हुन् ।

सुरे ज्याग्वारले सामाजिक सञ्जालमार्फत सन्दीप आफ्नो टोलीमा भएको सार्वजनिक गरेको हो। सन्दीपले प्रतियोगितामा लिन्टन कुमार दास, जोसन बेहरेनड्रार्फ, अलावा एलेक्स हेल्स आदि खेलाडीसँग सुरेको प्रतिनिधित्व गर्नेछन्।

सन्दीपको यो प्रतियोगितामा तेस्रो सिजन हुनेछ। सन्दीपले पहिलो सिजन मोन्टेरियल टाइगरको तथा दोस्रोमा सिजन टोरन्टोको प्रतिनिधित्व गरेका थिए। अर्को टोली मोन्टेरियल टाइगर्सले भने दीपेन्द्रलाई अनुबन्ध गरेको हो।

सो टोलीमा भने क्रिस लिन, आन्द्रे रसल, शकिव अल हसन आदि खेलाडी रहेका छन्। दीपेन्द्रको भने यो पहिलो विदेशी लिग हुनेछ। विदेशी लिग खेल्ने दीपेन्द्र छैँटौँ नेपाली क्रिकेटर पनि हुन्।

विभिन्न विदेशी लिगमा पारस खड्का, सोमपाल कामी, कुशल मल्ल, करण केसी र सन्दीप लामिछानेले सहभागिता जनाइसकेका छन्। सन्दीप र सोमपालपश्चात् ग्लोबल टी–२० खेल्ने दीपेन्द्र तेस्रो नेपाली क्रिकेटर हुन्। आगामी जुलाई २०–अगस्ट ६ सम्म ग्लोबल टी–२० क्यानडा सञ्चालन हुनेछ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved