रातभर विभिन्न ठाउँमा भारी वर्षा, आज पनि कतै वर्षा र कतै चर्को घाम

काठमाडौं उपत्यकामा पछिल्लो ६ घण्टामा ३० मिलिमिटर वर्षा भएको छ । यस्तै मकवानपुरमा ४२ मिलिमिटर, सिन्धुलीमा ३२, उदयपुरमा ३३, सप्तरीमा ३० सुनसरीमा ३६, इलाममा ३६, झापामा २० र गोरखामा २९ मिलिमिटर वर्षा भएको छ ।

नेपालभ्युज

रातभर विभिन्न ठाउँमा भारी वर्षा, आज पनि कतै वर्षा र कतै चर्को घाम
सांकेतिक तश्वीर

काठमाडौं। गएराती देशका केही ठाउँमा भारी वर्षा भएको छ । मनसुन भित्रने क्रममा रहेकाले पूर्वी र मध्य क्षेत्रका ठाउँमा भारी वर्षा भएको हो ।

काठमाडौं उपत्यकामा पछिल्लो ६ घण्टामा ३० मिलिमिटर वर्षा भएको छ । यस्तै मकवानपुरमा ४२ मिलिमिटर, सिन्धुलीमा ३२, उदयपुरमा ३३, सप्तरीमा ३० सुनसरीमा ३६, इलाममा ३६, झापामा २० र गोरखामा २९ मिलिमिटर वर्षा भएको छ ।

आज पनि दिउँसो कतै चर्को गर्मी कायमै रहने र कतै दर्के पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेष गरेर पश्चिमको तराई क्षेत्रमा पानी कम पर्ने र चर्को घाम लाग्ने सम्भावना छ । पूर्वी र मध्य क्षेत्रमा पानी पर्नेछ ।

कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved