एमालेले संसद्‌लाई अनिर्णयको बन्दी बनाउन खोज्यो : रामहरि खतिवडा

नेपालभ्युज

एमालेले संसद्‌लाई अनिर्णयको बन्दी बनाउन खोज्यो : रामहरि खतिवडा

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसदलाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाएका छन्।

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले एमालेले संसदमा उठेका जलहरी प्रकरणको विषयमा छलफल नै गर्न नदिएर अपरिपक्वता प्रदर्शन गर्न खोजेको आरोप लगाउँदै त्यसको विरोध गर्ने बताए।

सांसद खतिवडाले महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएको जलहरी प्रकरणबारे आफूहरूले संसदमा फेरि पनि कुरा उठाउने बताए। उनले भने, ‘प्रतिपक्ष यस्तो अनम्याच्युअर छ। एकछिन जुरुक्क उठेर संसदतिर घेर्न पुग्छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved