भारतको बनवासा नजिकै सवारी दुर्घटनामा परेर चारजना नेपालीको मृत्यु

नेपालभ्युज

भारतको बनवासा नजिकै सवारी दुर्घटनामा परेर चारजना नेपालीको मृत्यु

धनगढी । कञ्चनपुरसँगको सीमावर्ती भारतीय बजार बनबासा नजिकै भएको सवारी दुर्घटनामा चार जना नेपालीको मृत्यु भएको छ । बनबासा–खटीमा सडकखण्ड अन्तर्गत चकरपुरमा शनिबार कारको ठक्करबाट दुईवटा स्कुटरमा सवार नेपालीको मृत्यु भएको हो ।

मृतक नेपालीहरु नेपाल र भारतमा दुवैतर्फ बस्ने गरेका थिए । दुर्घटनामा ६० वर्षीय नेमबहादुर चन्द, उनकी श्रीमती ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइ–बुहारी कल्पना चन्दको मृत्यु भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।

उनीहरु नेपालतर्फ रहेको घर कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा पूजापाठ सकेर भारतमा घर रहेको मुडेलीतर्फ स्कुटरमा जाँदै थिए । नेपाल प्रहरीले भने यसबारे औपचारिक जानकारी नआएको बताएको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved