बैंग्लोरमा रहेका बालेनको कार्यकक्षमा भारतीय भूमिसहितको ‘ग्रेटर नेपाल’को नक्सा

नेपालभ्युज

बैंग्लोरमा रहेका बालेनको कार्यकक्षमा भारतीय भूमिसहितको ‘ग्रेटर नेपाल’को नक्सा

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्। बिहीबार सभा गृहस्थित रहेको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको हो।

मेयर बालेन शाह भने अहिले भारतको बैंग्लोरमा छन्। उनको सचिवालयले नक्सा राखेको हो। भारतको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सा राखिएको छ। त्यहाँ केही भूभाग नेपालको पनि परेको छ।

त्यसबारेमा बहस भइरहेको अवस्थामा राजधानी काठमाडौंका मेयरले पनि ग्रेटर नेपालको नक्सा राखेका हुन्। ‘‘भारतको नयाँ संसद् भवनमा ग्रेटर इन्डियाको नक्सा राखेपछि हामीले पनि हाम्रोमा किन ग्रेटर नेपालको नक्सा नराख्ने भनेर राखिएको हो,’’ बालेनका सचिवालयका एक सदस्यले भने।

यसअघि, बालेनको कार्यकक्षमा नेपालको मात्र नक्शा थियो। सो नक्सा हटाएर अर्को नक्सा राखिएको हो। भारतले जेठ १४ गते नयाँ संसद् भवनको उद्घाटन गरेको थियो।

उक्त भवनमा भारतले ‘अखण्ड भारत’ को नक्सा राखेको थियो। उक्त नक्सामा ‘अखण्ड भारत’ मा नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्रलाई समेत समेटिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved