भोटाहिटीको आरके स्विट्समा महानगरको ताला

बेसमेन्टको नक्सामा स्टोर भनेर उल्लेख गरे पनि आरके स्विट्स नामको क्याफे रेस्टुरेन्ट चलाउँदै आएकोले जनप्रतिनिधिको रोहबरमा ताल्चा लगाएको हो।

नेपालभ्युज

भोटाहिटीको आरके स्विट्समा महानगरको ताला

काठमाडौं। काठमाडौं महानगरपालिकाले भोटाहिटीको एक घरको बेसमेन्टमा सञ्चालित स्विट्स बन्द गरेको छ। बेसमेन्टमा सञ्चालित स्विट्स बन्द गर्न आग्रह गरे पनि अटेर गरेकोले आरके स्विट्समा ताला लगाउन बाध्य भएको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए।

बेसमेन्टको नक्सामा स्टोर भनेर उल्लेख गरे पनि आरके स्विट्स नामको क्याफे रेस्टुरेन्ट चलाउँदै आएकोले जनप्रतिनिधिको रोहबरमा ताल्चा लगाएको हो।

नक्सा अनुसारको बेसमेन्ट प्रयोजन गर्न महानगरले बारम्बार सबैतिर आग्रह गरिरहे पनि अटेर गर्नेहरूलाई कारबाहीको दायरामा ल्याइरहेको महानगरले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved