पशुपति क्षेत्र विकास कोषका एक कर्मचारी झुन्डिएको अवस्थामा भेटिए

नेपालभ्युज

पशुपति क्षेत्र विकास कोषका एक कर्मचारी झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका एक कर्मचारी झुन्डिएको अवस्थामा फेला परेका छन् । कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी धनबहादुर राना झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

प्रहरी वृत्त गौशालाका प्रवक्ता रेवतीरमण अधिकारीकाअनुसार रानालाई सरसफाइ कर्मचारीले बुधबार बिहान भेटेका हुन् । प्रवक्ता अधिकारीले नेपालभ्यूजसँग भने, “मृत भेटिएको हो । मुचुल्का उठाएर टिचिङ अस्पताल पठाइएको छ ।”

राना सञ्चालक परिषद् सदस्यका लागि निर्माण गरिएको भवनमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनी कोषको बगैँचा फाँटबाट हालै ल्याइएका सुरक्षाकर्मी थिए ।

प्रवक्ता अधिकारीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved