रोयल इन्फिल्डको एसेम्ब्लिङ अब वीरगञ्जमा, मूल्य पनि घट्यो

नेपालभ्युज

रोयल इन्फिल्डको एसेम्ब्लिङ अब वीरगञ्जमा, मूल्य पनि घट्यो

काठमाडौं। १२२ वर्षदेखि मोटरसाइकल उत्पादन गर्दै आएको रोयल इन्फिल्डले नेपालमा एसेम्बल गर्ने भएको छ । नेपालको व्यापारिक घराना त्रिवेणी समूहसँगको सहकार्यमा वीरगञ्जमा यस्तो तयारी गरिएको हो ।

एसेम्ब्लिङ युनिटका लागि रोयल इन्फिल्डले भारतबाट आवश्यक दक्ष टोली पठाइसकेको एक पत्रकार सम्मेलनमा कम्पनीका चिफ कमर्सियल अफिसर
यादभिन्दर सिंह गुलेरियाले जानकारी दिए ।

उनका अनुसार वीरगञ्जको युनिटबाट हरेक वर्ष २० हजार बाइक उत्पादन गर्ने लक्ष्य रहेको र ती बाइक विश्वका अन्य स्थानमा उत्पादन भए अनुसार गुणस्तरीय हुने बताए । हालसम्म नेपालमा प्रयोग हुने उक्त कम्पनीका सबै मोटरसाइल भारतको तामिलनाडुबाट आउने गर्थे ।

उक्त कम्पनीले भारतको तामिलनाडुबाहेक विश्वको चार स्थान ब्राजिल, थाइल्यान्ड, कोलम्बिया र अर्जेन्टिनामा एसेम्ब्लिङ युनिट खडा गरिसकेको छ । शुक्रवार नै कम्पनीले ‘द क्लासिक ३५०’ स्क्रम ४११’ सार्वजनिक गरेको छ ।

त्यसैगरी, नेपाली बजारमा सार्वजनिक गरिएको स्क्रम ४११ रोयल इन्फिल्डको पहिलो शहरी एड्भेन्चर क्रसओभर हो । कम्पनीका अनुसार यसलाई रोयल इन्फिल्डको एलएस–१४० इन्जिन प्लेटफर्म र ह्यारिस पर्मर्फेन्स चेसिसमा निर्माण गरिएको छ ।

सात रङमा उपलब्ध यो बाइकको मूल्य ६ लाख ६० हजार रुपैयाँ तोकिएकोमा अब नेपालमा एसेम्बलिङ भएसँगै यसको मूल्य ४ लाख ९९ हजार हुने कम्पनीले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved