माइग्रेन हुँदा खानुहोस् यी भिटामिन र मिनरल्स सप्लिमेन्ट्स, आराम मिल्नेछ

नेपालभ्युज

माइग्रेन हुँदा खानुहोस् यी भिटामिन र मिनरल्स सप्लिमेन्ट्स, आराम मिल्नेछ

एजेन्सी। टाउको दुख्नुका धेरै कारणहरू हुन सक्छन् । यसमा माइग्रेन पनि एक हो । माइग्रेन एउटा यस्तो अवस्था हो, जसमा व्यक्तिलाई पटक(पटक टाउको दुखाइ हुन्छ । आमरूपमा माइग्रेनको प्रभाव आधा टाउकोमा हुने गर्दछ । माइग्रेन साधारण टाउको दुखाइभन्दा फरक हुन्छ । यस दुखाइबाट संसारभर करोडौं मानिस पीडित छन् ।

समयसँगै माइग्रेनको समस्या बढ्न सक्छ । माइग्रेन हुँदा प्रायः मानिस पेन किलरको सेवन गर्दछन् । तर तपाईंले चाहे भने केही सप्लिमेन्ट्सको सेवन गरेर पनि माइग्रेनको दुखाइ कम गर्न सकिन्छ । त्यसो भए जानौं माइग्रेनको दुखाइमा कस्ता भिटामिन तथा मिनरल्स सप्लिमेन्ट्स लिनुपर्दछ ।

१. भिटामिन बी२

माइग्रेनको दुखाइ हुँदा तपाईं भिटामिन बी२ सप्लिमेन्ट लिन सक्नुहुन्छ । भिटामिन बी२ पानीमा घुलनशील हुन्छ । भिटामिन बी२ सप्लीमेन्टले अक्सिडेटिव तनाव तथा मस्तिष्कमा हुने सुजनलाई कम गर्न सहयोग गर्दछ । तपाईंलाई भनिहालौं अक्सिडेटिव तनाव शरीरमा फ्री रेडिकल्स र एन्टीअक्सीडेन्टबीच हुने असुन्तुलनको स्थिति हो जो दुखाइको कारण बन्छ । यदि, तपाईं तीन महिनासम्म दैनिक ४०० मिलीग्राम भिटामिन बी२ सप्लिमेन्ट लिएमा माइग्रेनको दुखाइमा एकदमै राहत दिन्छ । भिटामिन बी२ माइग्रेनले गर्ने आक्रमणबाट पनि जोगाउँछ ।

२.म्याग्नेसियम

म्याग्नेसियम एउटा मुख्य मिनरल हो, जसले नर्वस सिस्टम, रक्तसञ्चार तथा मांसपेशीहरूको कार्यलाई सही राख्नका लागि जरुरी हुन्छ । शरीरमा म्याग्नेसियमको कमी पनि माइग्रेनको कारण बन्न सक्छ । यदि, तपाईंलाई माइग्रेनको दुखाइ भएमा म्याग्नेसियम सप्लिमेन्ट लिनु फाइदाजनक हुन्छ ।

३. भिटामिन ‘डी’

भिटामिन ‘डी’ हड्डी तथा मांसपेशीहरूका लागि एकदमै आवश्यक हुन्छ । यसबाहेक भिटामिन ‘डी’लाई माइग्रेनसँग पनि जोडिएको छ । भिटामिन ‘डी’ले मस्तिष्कमा हुने सुजन तथा दुखाइलाई कम गर्न सहयोग गर्दछ । माइग्रेनको दुखाईबाट राहत पाउनका लागि तपाईं प्रतिदिन एकदेखि चार हजार आईयू भिटामिन ‘डी’ लिन सकिन्छ ।

४. कोएन्जाइम

कोएन्जाइम एउटा भिटामिन जस्तै कम्पाउन्ड हो जसले शरीरमा एन्टीअक्सिडेन्ट प्रभाव हुन्छ । कोएन्जाइम क्यू १० सप्लिमेन्ट माइग्रेनको आक्रमणलाई कम गर्न सहयोग गर्दछ । यो सप्लिमेन्टले माइग्रेनको उपचार हुन सक्छ । यदि, तपाईं माइग्रेनबाट पीडित हुनुहुन्छ भने दैनिक दुई सय मिलिग्राम कोएन्जाइम क्यू(१० लिन सकिन्छ । यसले तपाईंलाई धेरै नै आराम हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved