सहरी विकासको बजेट झण्डै दोब्बर

नेपालभ्युज

सहरी विकासको बजेट झण्डै दोब्बर

काठमाडौं । सरकारले सहरी विकास मन्त्रालयको बजेट बढाएर झण्डै दोब्बर पुर्‍याएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आव २०८०/८१ बजेट सार्वजनिक गर्दै सहरी विकास मन्त्रालयका लागि  ६६ अर्ब १७ करोड बजेट विनियोजन गरेको बताए ।

चालु आवमा यस मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड मात्रै बजेट विनियोजन गरिएको थियो । यस मन्त्रालयलाई आगामी आवको लागि करिब  ३० अर्ब बढी बजेट विनियोजन गरिएको हो ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आव २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved