किरात गणराज्य खोटाङ भेला आयोजक समिति गठन

नेपालभ्युज

किरात गणराज्य खोटाङ भेला आयोजक समिति गठन

खोटाङ । किरात गणराज्य मोर्चा खोटाङ भेला आयोजक समिति गठन भएको छ । सोमबार (आज) सदरमुकाम दिक्तेलस्थित किरात राई यायोक्खा, खोटङको कार्यालयमा भएको विशेष भेलाले रोशन किरातीको संयोजकत्व एवम् पाण्डप राईको सहसंयोजकत्वमा १५ सदस्यीय आयोजक समिति गठन गरेको हो ।

यस्तै ३ सदस्यीय सल्लाहकार समितिसमेत गठन भएको छ । सल्लाहकार समिति सदस्यहरूमा किरात राई यायोक्खा, खोटाङका अध्यक्ष हात्तीराम राई, मङ्गोल नेश्नल अर्गनाइजेशन, खोटाङका नेता खिलाकुमार राई र विप्लप नेतृत्वको नेकपा, खोटाङका नेता रामप्रसाद राई छन् ।

गठित मोर्चाले किराती संस्कति, इतिहास, सभ्यता, भाषा, पहिचान र समान अधिकारका लागि लड्ने र जारी पहिचान पक्षधर आन्दोलनमा ऐक्यबद्धता जनाउने निर्णयसमेत गरेको छ ।

यसअघि थुप्रै जिल्लाहरूमा मोर्चा गठन भइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved