उडिरहेको जहाजमा यात्रुले आपतकालीन ढोका खोल्दा १२ जना घाइते

नेपालभ्युज

उडिरहेको जहाजमा यात्रुले आपतकालीन ढोका खोल्दा १२ जना घाइते

काठमाडौं। दक्षिण कोरियामा उडिरहेको जहाजमा एक यात्रुले आपतकालीन ढोका खोल्दा विमानमा सवार १२ जना यात्रु घाइते भएका छन् । शुक्रबार उडिरहेको विमानमा यात्रुले आपतकालीन निकास (एक्जिट) ढोका खोलेका थिए, जसको कारण जहाजभित्र हावा पसेर १२ जना घाइते भएका थिए । यद्यपि, जहाजका चालकदलले विमान सकुशल अवतरण गरेका थिए ।

एसियाना एयरलाइन्सको एयरबस ए३२१ विमानमा सवार एक व्यक्तिले उक्त आपतकालीन ढोका आंशिक रूपमा खाेलेका थिए । जहाजमा सवार अन्य यात्रुले रोक्दा ढोका पूर्णरूपमा खुल्न पाएन । यसले गर्दा सम्भावित घटना टरेको थियो ।

ती व्यक्तिलाई हवाई सुरक्षा कानुन उल्लंघन गरेको आराेपमा विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त व्यक्तिको पहिचान भने खुलाइएको छैन । कोरियाकाे कानुनअनुसार दोषी यात्रुलाई १० वर्षसम्म जेल सजाय हुने नीति छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved