काठमाडौं उपत्यकामा भोलि सार्वजनिक बिदा

नेपालभ्युज

काठमाडौं उपत्यकामा भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । भोटो देखाउने जात्राको अवसरमा गृह मन्त्रालयले उपत्यकामा सार्वजनिक बिदा दिएको हो ।

मन्त्रालयले बुधबार जारी गरेको सूचनामा भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिइएको उल्लेख छ ।

रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत बिहीबार जाउजाखेलमा भोटो देखाउने तय भएको छ । भोटो हेर्ने जात्रामा राष्ट्रपति पनि सहभागी हुने प्रचलन छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved