ओलीको कटाक्ष- एमालेको पहलमा नियुक्त प्रधानमन्त्री सरकारको मुटु प्रत्यारोपणतिर लागे

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दै आफ्नै पार्टीको पहलमा नियुक्त भएका प्रधानमन्त्रीले सरकारको मुटु प्रत्यारोपणमा लागेको कटाक्ष गरे।

नेपालभ्युज

ओलीको कटाक्ष- एमालेको पहलमा नियुक्त प्रधानमन्त्री सरकारको मुटु प्रत्यारोपणतिर लागे

काठमामाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको पहलमा नियुक्त भएका प्रधानमन्त्री सरकारको मुटु प्रत्यारोपणमा लागेको टिप्पणी गरेका छन्। सरकारका वार्षिक नीति तथा कार्यक्रममाथि आइतबार प्रतिनिधि सभा बैठकमा भएको छलफलमा भाग लिँदै यस्तो टिप्पणी गरे।

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दै आफ्नै पार्टीको पहलमा नियुक्त भएका प्रधानमन्त्रीले सरकारको मुटु प्रत्यारोपणमा लागेको कटाक्ष गरे।

आफूहरूले प्रधानमन्त्री बनाए पनि सरकार बनाउने समयमा तीनवटै दललाई बाहिर राखेकोमा ओलीको कटाक्ष थियो। ‘‘नेकपा एमाले, रास्वपा, राप्रपालगायत दलको समर्थनमा नियुक्त हुनुभएका प्रधानमन्त्री, सरकारको मुटु प्रत्यारोपण तिर लाग्नुभयो,’’ ओलीले भने।

ओलीले विशाल हृदयका साथ आफूले नीति तथा कार्यक्रमको दस्ताबेज सुनेको र पढेको बताए। ‘‘नीति तथा कार्यक्रमको आधारस्तम्भ पहिल्याउने कोसिस गरेँ।

कुन गन्तव्यका लागि यो नीति तथा कार्यक्रम आएको छ ? त्यो मैले पहिल्याउने कोसिस गरेँ । कार्यान्वयनको मोडिलाटी र ढाँचा कसरी तय भएको रहेछ अध्ययन गर्ने कोसिस गरेँ । निर्वाचनको क्रममा जनतासँग मत माग्दा खास गरी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित गठबन्धनका दलहरूको घोषणापत्र र यस नीति तथा कार्यक्रमको लेखाजोखा पनि गरेँ,’’ उनले भने।

नीति तथा कार्यक्रममा सरकारले देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोजेको ओलीको आरोप छ। ओलीले भने, ‘‘लुकाउन मात्र होइन, रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved