विद्युत् प्राधिकरणले सुरु गर्‍यो खर्च कटौती

नेपालभ्युज

विद्युत् प्राधिकरणले सुरु गर्‍यो खर्च कटौती

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आफ्ना चालु खर्चमा कटौती सुरु गरेको छ । प्राधिकरणले सबै कार्यालयहरू, निर्देशनालय र विभागमा विविध शीर्षकहरूमा हुने खर्च कटौती गर्न विभिन्न निर्णयहरू गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत २८ वैशाखमा परिपत्र जारी गर्दै मुलुकको अर्थतन्त्रमा आएको शिथिलतासँगै प्राधिकरणमा समेत विविध शीर्षकहरूमा हुने खर्च कटौती गर्दै नियन्त्रण गर्नुपर्ने देखिएको बताएका थिए। सोहीअनुसार खर्चहरूमा कटौती सुरु गरेको हो।

प्राधिकरणमा गाडी प्रयोगमा धेरै विकृति र विसंगति रहेको प्राधिकरणका कर्मचारीहरू बताउँछन् । १० तहभन्दा माथिका कर्मचारीले मात्र गाडी सुविधा व्यवस्था भएता पनि दबाब र पहुँचका आधारमा त्यसभन्दा तल्लो तहका कर्मचारीहरूले समेत गाडी सुविधा पाइरहेका छन् ।

प्राधिकरण परिसरभित्र रहेका कार्यालयहरूमा काम गर्ने कर्मचारीलाई २५ प्रतिशत अतिरिक्त भत्ताको व्यवस्था छ । यसका लागि महिनामा २१ दिनको हाजिर अनिवार्य गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved