पक्राउ परेका टोपबहादुरको सांसद पद ‘स्वतः निलम्बन’

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को उपनियम ३ अनुसार रायमाझी तत्कालै निलम्बनमा रहनेछन् र पारिश्रमिक, सेवा र सुविधासमेत स्थगित हुनेछ। उनले सफाइ पाएमा वा थुनामुक्त भएमा नियमित काममा फर्कन सक्नेछन्।

नेपालभ्युज

पक्राउ परेका टोपबहादुरको सांसद पद ‘स्वतः निलम्बन’

काठमाडौं। नेकपा एमालेका निलम्बित सचिव एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परेपछि सांसद पद के हुन्छ भन्ने प्रश्न उठेको छ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को उपनियम ३ अनुसार रायमाझी तत्कालै निलम्बनमा रहनेछन् र पारिश्रमिक, सेवा र सुविधासमेत स्थगित हुनेछ। उनले सफाइ पाएमा वा थुनामुक्त भएमा नियमित काममा फर्कन सक्नेछन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्‍याउने प्रलोभनमा पारी सङ्गठितरूपमा ठगी गरेको अभियोगमा पक्राउ परेका उनी २०७९ मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएका हुन्।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ मा संविधानको धारा १०३ को उपधारा ६ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने व्यवस्था छ। बैठक नचलेको बेला भने त्यसबारेमा सूचना टाँस गरी सार्वजनिक गर्नुपर्ने व्यवस्था भए पनि सोमबारको संसद बैठकमा सभामुखले यसबारे जानकारी भने गराएनन्। संसद सचिवालयका अनुसार रायमाझी पक्राउ परेको जानकारी नआइसकेकाले सभामुखले जानकारी गराएनन्। जानकारी आएपछि संसदमा सभामुखले जानकारी गराउने बताइएको छ।

प्रचलित कानुनबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोग पत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेशबमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधासमेत स्थगित हुनेछ’ भन्ने व्यवस्था रहेको छ ।

यस्तै, उपनियम ४ मा कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको फैसलाले कैदको सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नुपर्ने अवधिभर वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसलाबमोजिम कैदको सजाय भुक्तान गरिरहेकोमा सो अवधिभर वा कुनै सदस्यले कैद भुक्तान गर्न बाँकी रहेमा वा पक्राउ परि कैद भुक्तान नगरेसम्मको अवधिभर त्यस्तो सदस्य स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेको छ।

 


प्रतिनिधिसभा नियमावली २०७९ पुरा हेर्नुहोस्-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved