काठमाडौं। चितवनको भरतपुर जंगलमा २७ वर्षीय रुपा न्यौपाने घिमिरे मृत अवस्थामा फेला परेकी छन्।
कालिका नगरपालिका–४ पदमपुरकी रुपा पोर्चुगल जाने तयारी स्वरुप किनमेलका लागि नारायणगढ बजार हिडेकी थिइन्। तर घर र बजारको बीचमा पर्ने भरतपुर महानगरपालिका–११ को टाइगर ताल नजिक जंगलमा उनी मृत भेटिइन्।
रुपालाई जंगलको रुखमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीको भनाई छ। रुपाको परिवारका अनुसार शुक्रबार पदमपुर घरबाट नारायणगढ बजार जान हिडेकी उनी आइतबार झुण्डिएको अवस्थामा भेटिएकी थिइन । रुपाका श्रीमान पोर्चुगलमै छन्। उनी पनि अर्को साता पोर्चुगल जाने तयारीमा थिइन् ।
उनका श्रीमान पोर्चुगलबाट आएर छ महिना बसेपछी रुपाको डकुमेण्ट मिलाएर फर्केका थिए । एउटा इन्सुरेन्स कम्पनीको टाँडी शाखामा कार्यरत रुपाले पोर्चुगल जानकै लागि जागिर छाडेको बताएकी थिईन्। उनको हत्या वा आत्महत्या भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हैन हौ यो चितवान मा यस्तो घटनाहरु सदैब के कसरी घटने रहेछ ?? मैले त नेपाल मा सबैभन्दा धेरै घटना घटने ठाउ चितवान नै हो जस्तो लाग्नु थाल्यो त हौ??