आईएमईमार्फत आएको रेमिट्यान्स आईएमई पेमा प्राप्त गर्दा रु १०० बोनस पाइने

नेपालभ्युज

आईएमईमार्फत आएको रेमिट्यान्स आईएमई पेमा प्राप्त गर्दा रु १०० बोनस पाइने

काठमाडौं। ‘आईएमई पे’ मा आईएमईको केही अन्तरराष्ट्रिय साझेदार मित्रहरु मार्फत रेमिट्यान्स प्राप्त गर्दा अब ग्राहक वर्गले रु १०० बोनस पाउने भएका छन् ।

आईएमई पेले आईएमई रेमिटसँगको सम्झौताअन्तर्गत ग्राहक वर्गलाई सजिलै आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गर्न मिल्ने सुविधा प्रदान गर्दै आईरहेको छ । पछिल्लो समयमा आईएमई पेले वालेटमा रेमिट्यान्स दाबी गर्ने ग्राहकलाई रु ५० बोनस दिँदै आइरहेको छ ।

यसैक्रममा अब ग्राहकले अमेरिका, युरोप, क्यानाडा, मलेसिया, कतार, युएई, कुवेत र बहराइनलगायत विश्वको जुनसुकै स्थानबाट मनीग्राम, इन्स्ट्यान्ट क्यास, अल अन्सारी एक्सचेन्ज, वोर्ल्डवाइड क्यास एक्स्प्रेस र इजी रेमिट बाट पठाइएको रेमिट्यान्सको रकम आईएमई पेबाट प्राप्त गर्दा ग्राहक वर्गले रु १०० बोनस पाउनेछन् ।

आईएमई पेको बारेमा

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आईएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। “आईएमई पे” आईएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली- २०७२ बमोजिम आईएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आईएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन। यसले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा QR स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। य

स मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ। आईएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योग्दान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आईएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved