राज्यका अंगप्रति नागरिकको भरोसा टुट्दै गएको छ : पोख्रेल

नेपालभ्युज

राज्यका अंगप्रति नागरिकको भरोसा टुट्दै गएको छ : पोख्रेल

काठमाडौं।  नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले शक्ति पृथकीकरणको सिध्दान्तअनुरुप राज्यका निकायहरु चल्न नसक्दाको परिणामव स्वरुप राज्यका सबै अंगप्रति जनताको भरोसा टुट्दै गएको बताएका छन्।

कानुन दिवसको अवसरमा शुभकामना दिँदै महासचिव पोख्रेलले राज्यका अंगप्रति जनताको भरोसा टुट्दै गएको बताएका हुन् । नियन्त्रण र सन्तुलनको सिद्धान्तको अभावमा राज्यका निकायहरुमा स्वेच्छाचारीता वढ्दै गएको  उनको भनाई छ ।

राज्य कमजोर हुने र सामाजिक अराजकता वढ्दै जाने आजको परिस्थितिले नै चरम आर्थिक संकट उत्पन्न भएको दाबी गर्दै उनले मुलुकलाई सही बाटोमा अघि वढाउन नियन्त्रण र सन्तुलन कायम गर्न शक्ति पृथकीकरणको सिद्धान्तलाई स्थापित गर्न आग्रह पनि गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved