महिनावारीको बेला हुने आम समस्या

नेपालभ्युज

महिनावारीको बेला हुने आम समस्या

एजेन्सी । महिलावारीको बेला महिलाहरु कैयौं प्रकारका स्वास्थ्य समस्याहरुबाट गुज्रिनु पर्ने हुन्छ । ती मध्ये कतिपय सामान्य समस्या पनि हुन सक्छन् । आउनुहोस् जानौं महिलाहरुलाई महिनावारीको बेला हुने आम समस्याहरुका बारेमा –

  • यदी तपाईं महिनावारीको बेला स्पोटिंग वा एकदमै धेरै रक्तश्राव हुन्छ भने तुरुन्तै डाक्टरसँग सल्लाह लिनुपर्दछ । यसका केही कारणहरु हुन सक्छन् । जस्तै तनाव, गर्भाशय फाइब्राएड, औषधीहरुको परिवर्तन, हर्मोनल असन्तुलन, योनी सुख्खा हुनु आदि ।
  • धेरै महिलाहरुमा महिनावारीको बेला मुड स्वींग हुने समस्या हुन्छ । यस्तोबेला पटक पटक मुडमा परिवर्तन आउनु सामान्य मानिन्छ ।
  • कतिपयलाई रक्तश्रावसँगै अत्यधिक दुखाईको महसुस पनि हुने गर्दछ । यस्तो दुख्नुको पछाडिको कारण महिनावारीको बेला गर्भाशय खुम्चिने पनि हुन सक्छ ।
  •  महिनावारीको बेला हुने आम समस्या भनेको अत्यधिक रगत बग्नु पनि हो । यस्तो सामस्या योनीमा संक्रमण, गर्भाशय सुन्निनु तथा खानपानमा परिवर्तनले पनि हुन सक्छ ।
  • कतिपय महिलामा महिनावारी हुनुको एक हप्ता अगाडि नै दुखाई महसुस हुन्छ । जसले गर्दा उनीहरु महिनावारीको समय आउँदैछ भनेर थाहा पाउने गर्दछन् । यस्तो बेला, स्तन, तल्लो पेट, कम्मर आदिमा दुखाई महसुस हुन्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved