अनुहारमा सिधा भिटामिन ई क्याप्सुल लगाउँदा हुने नोक्सान

नेपालभ्युज

अनुहारमा सिधा भिटामिन ई क्याप्सुल लगाउँदा हुने नोक्सान

एजेन्सी  । अनुहारमा सिधा भिटामिन ई क्याप्सुल लगाउँदा विभिन्न समस्याहरु देखिने गर्दछ । आज हामी तपाँइहरुलाई त्यसले अनुहारमा पार्ने नोक्सानका बारेमा जानकारी दिने प्रयत्न गर्नेछौं ।

एलर्जी

अनुहारमा सिधै भिटामिन ईको क्याप्सुल लगाउँदा एलर्जी हुन सक्छ । यसलाई सिधै लगाउँदा कतिपय अवस्थामा घाउ, पत्र निस्कने वा रातो हुने जस्तो समस्या हुन सक्छ ।

दागधब्बा

यदी तपाईं भिटामिन ईं क्याप्सुल सिधै छालामा लगाउनुहुन्छ भने त्यसले अनुहारमा दाग बन्न सक्छ । कतिपय अवस्थामा यसको नकारात्मक असर पर्छ जसले गर्दा दागधब्बा बन्न सक्छन् ।

सेन्सेटिभ हुनु

भिटामिन ई क्याप्सुल सिधा छालामा लगाउँदा छाला सेन्सेटिभ वा सम्वेदनशील हुन सक्छ । यसलाई लगाएपछि अनुहारलाई धुन नभुल्नुहोला नत्र यसले छालासँग जोडिएको समस्याहरुको सामना गर्नुपर्ने हुन सक्छ ।

अनुहारमा भिटामिन ईं लगाउने तरिका

अनुहारमा भिटामिन ई क्याप्सुल सिधै लगाउनको सट्टा यसलाई एलोबेरा जेल, नरिवलको तेल वा ग्लिसरीन आदिसँग मिसाएर लगाउन सकिन्छ । यसरी लगाउँदा भने अनुहारमा नकारात्मक असर पर्दैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved