नक्कली भुटानी शरणार्थी प्रकरणमा अर्जुन नरसिंह भन्छन्- सरकार खुट्टा नकमाऊ

नेपालभ्युज

नक्कली भुटानी शरणार्थी प्रकरणमा अर्जुन नरसिंह भन्छन्- सरकार खुट्टा नकमाऊ

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारलाई खुट्टा नकमाउन आग्रह गरेका छन् ।  नुवाकोट-२ बाट प्रतिनिधिसभा सदस्य समेत रहेका  केसीले बिहिबार एक ट्विट सन्देशमार्फत यस्तो आग्रह गरेका हुन् ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणको रहस्य खुल्दै गएको छ’, केसीले लेखेका छन्, ‘भ्रष्टाचारको महामारीले निरास आजको स्थितिमा जो, जुनसुकै शक्ति र तहको भए पनि विधिसँगत, गहिरो छानबिन गरी ठग गिरोह लाई कार्वाही गर्न सरकार खुट्टा नकमाऊ ।’

उनले गृहको यो कार्यलाई  साहसिक भन्दै  पहिला पहिला झैं  पहाड खनेर मुसो भेट्ने भनाइ चरितार्थ नगर्न समेत अनुरोध गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको रहस्य खुल्दै गएकोछ।भ्रष्टाचारको महामारीले निरास आजको स्थितिमा जो,जुनसुकै शक्ति र स्तहको भए पनि विधिसँगत,गहिरो छानबिन गरी ठग गिरोह लाई कार्रवाई गर्न सरकार खुट्टा नकमाउ! गृहको यो साहसिक कार्य पहिला पहिला झै”पहाड खनेर मुसो भेट्ने”भनाइ चरितार्थ नहोस।

— Arjun Narasingha Kc (@ArjunNarasingha) May 4, 2023


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved